BOLLYWOOD NEWS (HOT)

 

Bebo all set for Milenge Milenge

milenge_milenge_08_10x711While Shahid Kapoor- Kareena Kapoor’s last flick together Milenge Milenge still has to see the light of the day, Bebo is working overtime to finish the dubbing schedule of her movie with ex-boyfriend shahid Kapoor.Kareena says, We’re all professionals here . For me it doesn’t matter who the leading man in Milenge Milenge is. For me what is important is that I made a commitment to two of my favourite people in the industry producer Boney Kapoor and director Satish Kaushik who’ve stood by me from the beginning of my career. How can I let them down? Boney wants a summer release for his film. I’ve to complete my dubbing before I leave.” Kareena is simulatenously dubbing for Kambaqt Ishq along with Milenge Milenge, she says, “I’m running in and out of two dubbing studios. I’ve already completed most of the dubbing for both.” Kareena then adds, “I know people have expectations from us individually and as a pair, and they won’t be disappointed. It’s a very sweet film. And not dated at all though it got delayed. “I’m as proud of Milenge Milenge as I am of any of my films.”

 So folks are you excited for another Shahid Kapoor-Kareena Kapoor magic?

 

 

Sanju Baba’s complete new avatar

sanjau1

The recent we have seen of Sanjay Dutt is his political attire in crisp kurta’s with characteristic red Neta wali topi, but on screen he has transformed into Chatur Singh for flick Chatur Singh 2 Star, with a very funny look and his performance is said to razzle and dazzle everybody.

Sanju Baba who is good at both comedies and action is all set to tickle your funny bone again with co-star Ameesha Patel.

So do you think the look is cool and funny

 

 

 

B-Wood & IPL Mania

CRICKET-IPL-RSA-PARADE

IPL’s biggest X-Factor are the three B-wood celebrities backing it SRK, Preity and Shilpa. This was clearly evident during IPL parade of the teams in South Africa. People cheered to most for Baadshah of Bollywood SRK and were waiting for hours and hours to catch his glimpse after that came Big Brother beauty Shilpa Shetty who upped the glamour quotient of her team. Shilpa definitely looks hot!

 

Asin is just 23

asin1

Well in yesterday’s poll we noticed that many visitors preferred Genelia over Asin, ‘coz Asin is too old, but according to Asin’s family she is just 23 years old!

Asin’s dad Joseph Thottumkal saiys, “She is born on October 26, 1985.” and the same info is available on Wikipedia.

Asin made her debut at the age of 15 in 2001 in Malyali flick Narendran Makan Jayakanthan Vaka and 8 years later she bounds to be 23 .

Well I hope this will clear doubts about Asin’s age

 

 

 

 

KOLLYWOOD NEWS (HOT)

 

डेनी द डगबाट चोरेर इन्साफ

 

सोभीत बस्नेतले निर्देशन गरेको इन्साफ नामको फिल्म अहिले काठमाण्डौका केही हलमा चलिरहेको छ । उनी इन्साफ फिल्मको कथालाई बवाल, अत्यन्तै नौलो कथा भनेर फलाक्छन् । तर, अपशोच उनको इन्साफ जेट्लीको डेनी द डग नामक अंग्रेजी फिल्मबाट हुबहु उतारिएको छ । हुन त सोभीतले अहिलेसम्म कुन चाहिँ फिल्म गतिलो,मौलीक कथामा बनाएका छन् र ? तर, सँधै हिन्दी फिल्म चोरेर नेपालीकरण गर्ने सोभीतले इन्साफ भने अंग्रेजी फिल्मबाट चोरे । त्यो पनि जेट्लीको र अनि सुपरहिट फिल्मबाट । उनले सोचेका थिए ,नेपाली दर्शकले अंग्रेजी बुझदैनन्, त्यसैले उनीहरुले अंग्रजी फिल्म हेरेकै हुदैनन् । म मात्र बाठो छु, सजिलै बेकुफ बनाउन सक्छु । तर,सोभीतको यो आइडियाले घुडा टेकेको छ । उपत्यका बाहिर फ्लप भएर बल्लतल्ल काठमाण्डौमा लागेको इन्साफको हालत बिजोग छ ।

डेनी द डगमा नायक जेट ली एउटा बफादार कुकु्रको भूमिकामा छन् । उनको घाटीमा कुकुरलाई झै पट्टी लगाइदिए पछि मालीकको आदेशको आँखा चिम्लीएर पालना गर्छन । इन्साफमा भने निखिल उप्रेतीले कुकुरको भूमिका निभाएका छन् । डेनी द डग मा झै इन्साफमा पनि निखिल आफ्नो मालिक बनेका कमेडी भिलेन बिक्रान्त बस्नेतले जे भन्छन्,त्यही गर्छन् आँखा चिम्लीएर । इन्साफ हुबहु चोरिएको छ ।

यो कुरा निर्मात्री बनेकी कृषा चौलागाइँलाई थाहै रहेनछ । उनलाई त यो कथा बबाल लागेर पैसा लगाएकी हुन रे । मेन भिलेनको रोल निभाएका धीरेन शाक्यलाई पनि फोटोकपी कथामा खेलेको कुरा थाह रहेनछ । भन्छन्, ‘ए हो र ? मलाई त इन्साफको कथा बहुत गजबको लागेको थियो । सोभीतले चोरेको रै छ ।’ कमेडी भिलेन बनेका बिक्रान्तले पनि आफूलाई चोरिएको फिल्म खेलेको छु भन्ने पत्तो नभएको बताउछन् ।

कुकुर बनेका नायक निखीललाई भने यो कुरा थाह रहेछ । भने, ‘के गर्नू यार, प्रोड्युशर,डाइरेक्टरले नै हुबहु चोरेर फिल्म बनाउँछन् । म त कलाकार हुँ, खेल्छु । यस्तो फोटोकपी नै भने गर्नुहुदैन ।’

 

 

 

निर्देशक नरेश की अरुणिमा !!

 

सुटिङ सुरु भएको पहिलो दिनमै ‘बाटो परेर’ नक्सालको अनमोल क्याटरिङमा एकछिन् नरेश पौडेलको निर्देशनमा निर्माण भइरहको ‘दीपशीखा’ को सुटिङ हेर्ने मौका पाइयो । निर्देशक पौडेल क्रेनमाथि राखेको क्यामेराबाट सर्ट लिन क्यामेराम्यानलाई गाइड गरिरहेका थिए । उक्त चलचित्रकी नायिका अरुणीमा लम्साल निर्देशक पौडेलकै वरपर घुम्दै थिइन् । बिहेको यज्ञबाट केटीको बाबुले आफ्नो छोरी घिच्याउदै लग्ने अनि दुलहा लगायत अन्य जन्तीहरुले ट्वा परेर चुपचाप त्यो दृश्य हेरिरहने सट लिइदै थियो । कतिबेला क्रेन डाउन हुन ढिलो हुने त कतिबेला जुनीयर कलाकारहरुको र्याक्सन नपुग्नाल तीन ‘टेक’ सम्म पनि ‘सट ओके’ हुन सकेको थिएन । चौथो टेक निर्देशक पौडेललाई चित्त बुझ्यो, ‘आके कट इट’ भने । तर नायिका अरुणीमा निर्देशक नरेशको कानैमा आएर भनिन्,’सर, ऊ (जन्ती बनेको जुनीयर कलाकारलाई इंगीत गर्दै) त्यसले उता हेरेको थियो । अरुहरुको पनि र्याक्सनै पुगने ।’ निर्देशक पौडेलले अरुणीमाको कुरा सुनेपछि फेरि सबैलाई यसो गर्नू, उसो गनू भन्दै सिकाएर त्यो सट फेरि खिच्न लगाए ।

यो कुराबाट के देखिन्छ भने, निर्देशक पौडेल हुन की अरुणीमा ? हिन्दी फिल्म चोरचार गरेर नरेशले ‘दीप शिखा’ को ‘स्त्रिप्ट राइटर’ मा नायिका अरुणीमाको नाम त लेखाए लेखाए । यस्तै चाल रहिरहने हो भने भोलि यो फिल्मको निर्देशकमा उनै प्यारी अरुणीमाको नाम नआउला भनेर ठोकुवा गर्न कहाँ सकिन्छ र ? होइन र ? छोरी अरुणीमाले निर्देशक पौडेलको कानमा खुसखुस गरेपछि त्यही सट अर्को टेक लिने अर्डर भएपछि अरुणीमाकी आमा राधाको अनुहारमा गजबको चमक आएको स्पष्ट देखिएको थियो । ल है बधाइ छ अरुणीमालाई !

 

फेसबुकमा नेपाली कलाकार

 

युवा जमातबीच लोकपि्रय ‘फेसबुकडटम’मा नेपाली चलचित्र, संगीत फाँटका केही कलाकारले पनि आफ्नो उपस्थिति जनाएका छन् । फेसबुकमार्फत आफ्ना सन्देश साथीहरूमाझ पुर्‍याउने कलाकारमा नायक राजेश हमाल, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य (महजोडी), भुवन केसी, भूपेन चन्द, नायिका झरना बज्राचार्य आदि छन् । राजेश पायल राई, क्रान्ति आले, मोहित आचार्य, निमा रुम्बालगायतका गायक पनि यो साइटमा भेटिन्छन् । तर, अचम्म के छ भने फेसबुकमा उनीहरूका साथीहरू, सन्देशहरू भए पनि कतिपय कलाकारलाई फेसबुक भनेको के हो ? आफ्नोबारेमा कसले म्यासेज अपडेट गरिरहेको छ भन्ने थाहै छैन ।

फेसबुकमा हास्य कलाकार हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ (महजोडी) को फ्यान क्लबमा अहिलेसम्म ६ सय १५ जना शुभचिन्तक छन् । तर, यो कुरा न त ‘म’ लाई थाहा छ न त ‘ह’ लाई नै । हरिवंशले भने, ‘ए हो र ? हामी (मदनकृष्ण श्रेष्ठ र हरिवंश) ले त त्यस्तो केही गरेका छैनाँ । मलाई यसबारे थाहै छैन । कोही मित्रले हाम्रोबारे प्रकाशन गर्नुभएको होला । …मेरो छोरो मोहितले कता हो हल्का कुरा गरेजस्तो लागेको थियो । तर, कार्यव्यस्तताका कारण बाबु-छोराको राम्ररी कुरा पनि हुन पाइरहेको छैन । मौका मिलाएर हेर्नुपर्ला ।’

‘मह’ को झै फेसबुकमा नायक राजेश हमालको पनि फ्रयान क्लब छ । फेसबुकमा हमाल आफँले एकाउन्ट खोलेर आफ्नो ‘इन्र्फमेसन, म्यासेज’ राखेका हुन् कि अरू कसैले हो भन्नेमा नायक हमाल बेलायत गएकाले उनीसँग प्रत्यक्ष सम्पर्क हुन त सकेन, तर उनको पारिवारिक स्रोतका अनुसार यसबारे उनलाई केही पनि जानकारी छैन ।

हास्य कलाकार मनोज गजुरेल पनि फेसबुकका आकर्षण हुन् । उनको देउसी गीत तिहार नआउँदै फेसबुकसाथीले हेर्न पाइसकेका थिए । उनले आफ्नो भिडियो एल्बम ‘फोटोकपी’ लाई प्रोफाइल फोटोमा राखेका छन् ।

फेसबुकमा अर्का स्टार-भुवन केसी पनि छन् । उनका थुप्रै’फ्रेन्ड, फ्यान’ छन् । तर, अपशोच यो कुरा नायक भुवनलाई पनि थाहा रहेनछ । नायक भुवनले भने, ‘खै, मलाई त यसबारे केही थाहा छैन । ए…हैन/हैन…मेरो एकजना साथीले गरिदिएको हो ।’ को साथी ? नाम भन्नुहोस् न । ‘नाम…खै यार, के पो हो, नाम…मेरो अर्कौ मोबाइलमा छ । मैले पनि हेरेको छैन । हेर्ने रहरचाहिँ छ ।’

फेसबुकमा असली ‘लग अनर’ कलाकारमा चाहिँ गायक राजेश पायल राई भेटिए । उनले आफ्नोबारे ‘लेटेस् म्यासेज, इन्फरमेसन्स’ अपडेट गर्ने गरेका छन् । राईका अनुसार उनले फेसबुकमा एकाउन्ट खोलेको झन्डै चार महिना भयो । ‘फेसबुकबाट मलाई धेरै फाइदा भएको छ । आफूले गरिरहेको कामको बारेमा तत्काल मान्छेसमक्ष सन्देश पठाउन, नयाँ-नयाँ साथी बनाउन निकै सजिलो भएको छ । तर, के गर्नू म कार्य व्यस्तताका कारण आफैँले ‘लग अन’ गरिरहन सक्दिन । मेरा साथीहरू हुनुहुन्छ, उहाँहरूले मेरो म्यासेज अपडेट गरिदिनुहुन्छ । अहिले मेरो फेसबुकमा अर्थमन्त्री डा. बाबुराम भट्टराई पनि ‘फ्रेन्ड’ हुनुभएको छ । भगवान् जाने त्यो मन्त्रीज्यू आफैँले गर्नुभएको हो कि अरू कसैले हो । अचम्म लागेको छ ।

 

पूजना ‘स्त्री’ अर्को लिङ्ग परिवर्तन नगर ल…

 

पूजा प्रधानबाट पूजना प्रधान हुँदै अहिले पूजना ‘स्त्री’ भएकी छिन् यिनी । उनको शरीरले नै देखाउँछ की उनी ‘स्त्री’ हुन भनेर तर फेरि पूजना ‘स्त्री’ किन त ? कि त आफ्नो ‘स्त्रीत्व’ माथि आफैलाई बिश्वास नलागेर मान्छेहरुको अगाडि आफूलाई ‘स्त्री’ भनेर चिनाउनु परेको ? यो प्रश्न पनि यक्ष बनेर खडा भएको छ हिरोइन पूजाको अगाडि । ‘हिरो’ चलचित्रबाट हिरोइन् बनेकी पूजा अहिले ‘पापी मान्छे २ ‘ मा आइपुग्दा कहिले नाम त कहिले टाइटल,थरले चेञ्ज भइसकेकी छिन् । र, साँच्चै अहिले त बानी बेहोरामा पनि उनको निकै परिवर्तन आएको छ । पहिला जस्ती छैनन् पूजना । उनलाई अचेल दर्शनशास्त्र निक्कै आउँछ । जीवन र जगतका कुरा गर्न उनलाई सायदै कसैले भेटाउला । जो मान्छे भेट्दा पनि ‘जय संगत’ उनको ओठबाट फुत्कीहाल्छ । धर्मकर्म, ध्यान, जपतपमा उनको निकै लगाव छ अहिले । अब पूजना प्रधान नभन्नु रे उनलाई पूजना ‘स्त्री’ भन्नु रे । उनलाई नमस्कार, हाइ हेल्लो नगर्नू, ‘जय संगत’ भन्नू रे ।
पूजना कसरी पूजना ‘स्त्री’ भइन् त ? भन्ने कुराको अनुमान गर्दै एकजना सहकर्मी, बूढा पत्रकार बाले निधार खुम्च्याएर चुरोटको सर्के तानी ठुटो औलाका कापमा च्याप्दै शंखाको बाण फ्याक्दै भने,”द निर्मला’ नामक डकुमेन्ट्री फिल्ममा पुष्पराज पुरुष नायक भइ खेलेका छन् । त्यसमा नायिका चाहिँ पूजना छिन् । पक्कै पनि पुरुषको मेलले पूजना ‘स्त्री’ भएकी हुन् की ∕ कि कसो…हा हा..हा..।’
तर, जे होस्, पुजना, अब चाहिँ ‘स्त्री’बाट अर्को कुनै लिङ्गी नहुनु है । बाँकी लिङ्गी त के हो ? त्यो त तिमीलाई पनि थाहै छ नि…सम…नारायण । हरि हरि…जय संगत ।


Make a Free Website with Yola.