अन्तरवार्ता

"सरकार पुरै निकम्मा सावित भएको छ।"

chitrababadurkc_1.jpg
 
 
 
 
 
 
 
 
 
चित्रबहादुर केसी, अध्यक्ष जनमोर्चा
 
- हामीले वैशाख ५ गतेबाट रानधानी केन्द्रीत आन्दोलनको घोषणा गरिसकेका छौं।
- हामी मुलुकलाई जोगाउन आन्दोलन मा होमिएका हौ।
- यो सरकारले गर्न सक्ने काम पनि गरेको छैन। 
- बरु यसलाई सुधार्न तिर लाग्नु पर्दछ।
 
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी नेपाली राजनीतिका लागि एक परिपक्व नाम हो । जनमोर्चा पार्टी हिसाबले एउटा सानो पार्टी हो । तर केसीको नेपालको वामपन्थी राजनीतिमा महत्वपूर्ण योगदान रहेको छ । जनमोर्चा नेपाल यतिखेर संघीयताविरुद्धको आन्दोलनमा केन्द्रीत रहेको छ । जसको नेतृत्व गर्नुभएको छ नेता चित्रबहादुर केसीले । उहाँको पार्टी किन संघीयताको विरुद्धमा लागेको छ ? यसै विषयमा जनपुकारका सम्पादक शुकदेव दाहालले नेता केसीसँग गरेको कुराकानीका अंशहरु ।

तपाईंहरुको संघीयताविरोधी आन्दोलन केका लागि ?
संघीयताले देशको राष्ट्रिय स्वाधिनता, अखण्डता, नेपाली जनताको र्सार्वभौमिकता,जाति ,भाषार्,धर्म सबैकुरा संकटमा पर्ने भएकाले हामीले संघीयताको विरोध गरेका हौं । विरोधले मात्र नपुगेर अहिले आन्दोलनको तयारी गरिरहेका छौ ।

कहिलेबाट आन्दोलनको शुरुवात हुन्छ त ?
हामीले वैशाख ५ गतेबाट रानधानीकेन्द्रीत आन्दोलनको घोषणा गरिसकेका छौं र यो आन्दोलन १५गतेसम्म चल्नेछ । त्यसले संघीयतामा जाने दलहरुको योजनालाई असफल पार्ने छ ।

 जनताले साथ देलान त ?
अहिलेसम्म जनताले संघीयताले रातारात  धनी बनाउला, आर्थिक ,सामाजिक रुपले सम्पन्न बनाउला भन्ने सोचेका थिए तर मुलुक गणतन्त्रमा आएर यो अवस्थामा आइपुग्दासम्म जनताले के पाए त ? यस बारेमा  छलफल अगाडि वढिसकेको छ र जनताले ठुला दलले हामीलाई झुक्याएका रहेछन् भन्ने बुझिसकेका हुनाले हाम्रो आन्दोलन संघीयता विरोधी अन्दोलन  सफल भएरै छाड्छ।
 
 यो त संविधान वनाउने बेला होइन र , किन आन्दोलनमा लागेको ?
हामीले संघीयताले देशलाई टुँक्रयाउछ भनेर पहिलादेखि नै भन्दै आएका थियौ तर ठुला दलहरुले हाम्रो आवाजलाई सुनेनन्। संघीयताको बारेमा अनि हामीले नागरिक समाजदेखि सबै खाले वर्गसँग छलफल अगाडि बढायौ र आन्दोलनमार्फत संघीयताको विरोधमा जाने निर्णय गरेका हौ। यसले नयाँ संविधान निर्माण वाधा होइन सहयोग पुग्नेछ।

संघीयताले देश टुक्रन्छ भन्ने तपाईहरुको निष्कर्ष हो ?
हाम्रो मात्रै होइन, अहिले सारा नेपाली जनतालाई यो चिन्ताले सताएको छ। हिजो पृथ्वीनाराएण शाहले बाइसे ,चौविसे राज्यलाई एउटा बनाएका थिए, अहिले यो विभाजित अवस्थामा पुगेको छ भनेर जनतानै चिन्तित बनेका छन्। हामीले भन्न खाजेको पनि त्यही हो । जब हामी संघीयताको कुरा गर्छौ, त्यसले निच्चितै रुपमा मुलुकलाई विभाजित बनाउँछ नै।मैले त्यो किन भनेको भने राजनीतिक दलहरुले विगतमा गरेका सम्झौताले त्यो देखाएको छ। जस्तो तराईमा भएको सम्झौता अनुसार  एक मधेश एक प्रदेश ,आत्मनिर्णयको अधिकार जातीय अधिकार ,क्षेत्रीय अधिकार जस्ता कुराले मुलुक टुक्रन्छ भन्ने हाम्रो निष्कर्ष हो ।

अब मुलुक संघमा त गयो नि होईन ?
गयो र त्यसले नेपाललाई फेरि वाइसे , चौविसे राज्यमा टुक्रा ,टुक्रा पार्ने भयो भनेर हामी मुलुकलाई जोगाउन आन्दोलनमा होमिएका हौ।
 
राजनीतिक दलहरुको खिचातानीका कारण संविधान चै तोकिएको समयमा नबन्ने भयो होइन ?
संविधान बन्नै पर्दछ भन्ने हाम्रो भनाई हो ,यदि तोकिएको समयमा संविधान बनेन भने त्यसको जिम्मा ठुला दलहरुले लिनुपर्दछ । किनभने ठुलादलहरु छन् जसका नेताहरु नै संघीयतालाई कसरी पार लगाउने भनेर अलमलिएका  छन् ,संघ उनीहरुका लागि कुहीरोको काग भएको छ। यसले गर्दा समयमानै संविधान बन्ेनेमा शंका उत्पन्न भएको छ।

तपाई सुझाव संकलन गर्न गएको ठाउमा त संघबिरोधी सुझाव आयो होला नि ?
सुझाव संकलनका लागि लगिएको प्रश्नपत्रमा नै धाँदली गलेर जवरजस्ती संघीयताको फ्लेम थोपरिएको छ। जनताले संघ बाहेक अरु बुझ्नै नपाउने अवस्था थियो तै पनि मैले आफ्नो कुरा ल्याएको छु ,र धेरै बौद्धिक वर्गहरुले संघीयताले देश टुक्रन्छ भन्ने सुझाव दिएका छन्।

तपाईकै कार्यकर्ताले प्रश्नावलि च्यातिदिएको हल्ला थियो नि ?
हो, मेरै क्षेत्रमा तलका कार्यकर्ताले संघीयताले मुलुक टुक्रन्छ भनेर प्रश्नपत्र जलाइदिएका हुन ।तलका कार्यकर्ताको यो कदमप्रति मैले पनि विरोध गरे र उनीहरुलाई सम्झाउने प्रयास गरे, किनभने प्रश्नपत्र जलाउने हाम्रो पार्टको नीति होइन ,किनकि हामी नै साठी वर्षदेखि जनताले संविधान बनाउनु पर्दछ भनेर लड्दै आएका छौ।
 
वर्तमान सरकार बारे तपाईंको के धारणा छ ?
यो सरकारले गर्न सक्ने काम पनि गरेको छैन  । जनताले शान्ति सुरक्षा पाएका छैनन्, सरकारले अपराधीहरुको नियन्त्रण गर्नु भन्दा संरक्षण गर्ने काम गरिरहेका छ। दण्डहिनताको अन्त्य हुन सकेको छैन, पत्रकारहरुलाई अनेक प्रकारले फसाउने काम भैरहेको छ । राष्ट्रियता संकटमा पदै गएको छ, अहिले त एउटा विदेशी राजदुतले समेत जिल्ला पुगेर सिडियोलाइ निर्देशन दिएको मैले सुने ,त्यस्तै राजधानीको नजिक ललितपुरमा एउटा महिलालाई बोक्सीको आरोपमा दिशा खुवाउदा ,गाउँ निकाला गर्दा समेत यो सरकार मौन रहेको छ, त्यसैले सरकार त पुरै निकम्मा सावित भएको छ।

भनेपछि यो सरकारको विकल्प खोज्ने बेला भएको हो त ?
यो सरकार जनआन्दोलनबाट आएको हुनाले यसलाई हटाएर अर्को सरकार ल्याउदैमा समस्या समाधान हुँदैन ,बरु यसलाई सुधार्न तिर लाग्नु पर्दछ र  सरकारले  पनि आफ्नो दायित्व संझेर काम गरेको खण्डमा हामी तोकिएको समयमा तोकिएको स्थानमा पुग्नेछौ।

 

 

 

 

 

 

कहाँ लुके विक ?

 
काठमाडौं, सत्तारूढ दुई दलहरू माओवादी र एमालेबीच सहमति भएको एक साता बित्दा पनि बुटवल घटनाका मुख्य अभियुक्त सुजित विकलाई सरकारले पक्राउ गर्न सकेको छैन ।

विकलाई माओवादीको राजनीतिक संरक्ष्ाणमा लुकाइएको आरोप एमाले पक्षले लगाएको छ । अधिकारकर्मीहरूले भने यो मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्ने भएका छन् । उनीहरूले विभिन्न दातृ निकायलाई पहिलो चरणमा यस विषयमा ध्यानाकर्षण गराएका छन् भने वैशाख २९ गतेदेखि सुरु हुने नेपाल विकास मञ्च -एनडीएफ) बैठकमा समेत कडाइका साथ उठाउने भएका छन् ।

'नागरिकको हत्या हुने, दलहरू सहमति गरेर चुप लागेर बस्ने लाजमर्दो अवस्था देखिएको छ,' अधिकारकर्मी सुशील प्याकुरेलले भने, 'यो दण्डहीनतालाई रोक्न हामीले अन्तर्राष्ट्रिय समुदाय गुहार्नु परेको हो ।'

नागरिक हत्याका अभियुक्तलाई संरक्षण गर्ने सरकारलाई असहयोग गर्न मानव अधिकारकर्मीहरूले दबाब दिन लागेका हुन् । फागुन ३० गतेको माओवादी र एमाले शीर्ष नेताहरूको बैठकमा अभियुक्त विकलाई पक्राउ गर्न सक्रिय पहल गरिने उल्लेख थियो । अभियुक्त पक्राउ गर्न सम्पूर्ण पार्टी पंक्तिलाई सहयोग गर्न निर्देशन दिन माओवादीले प्रतिबद्धता व्यक्त गरेको थियो । 'घटनामा आरोपित सुजित विकलाई पक्राउ गरी कानुनी कारबाहीको प्रक्रियामा ल्याउन सक्रिय पहल गर्न माओवादी नेपाल सरकारलाई अनुरोध गर्दछ र सम्पूर्ण पार्टी पंक्तिलाई त्यस कार्यमा सहयोग पुर्‍याउन आग्रह गर्दछ,' दुई पार्टीको सहमतिमा उल्लेख छ ।

'पक्राउ गर्न मुख्य पहलकदमी गृह मन्त्रालयले लिने हो, हामीले सक्दो सहयोग गर्ने हो,' माओवादी

प्रवक्ता दीनानाथ शर्माले भने, 'सहयोगका लागि स्थानीय तहसम्म निर्देशन दिइसकेका छौं ।'

संसदको बुधबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले एमाले कार्यकर्ता प्रचण्ड थैव हत्याका आरोपीलाई कारबाही गर्न सरकार प्रतिबद्ध रहेको जनाएका थिए । उनले थैवलाई सहिद घोषणा गर्ने, परिवारलाई राहत दिने र बालबालिकाको शिक्षाको व्यवस्था सरकारले गर्ने पनि बताएका थिए । दाहालले कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठ र पत्रकार उमा सिंहका हत्याका आरोपीहरूलाई समेत 'तुरुन्त कानुनी कारबाही गरिने' प्रतिबद्धता दोहोर्‍याएका थिए ।

एमाले नेताहरूले भने थैव हत्याका अभियुक्त अझै पनि माओवादी संरक्षणमा भएको आरोप लगाउँदै आएका छन् । उनीहरूले आउँदो केन्द्रीय कमिटी बैठकमा यसबारे छलफल गर्ने भएका छन् । विभागीय मन्त्रीलाई 'बाइपास' गरी सुरक्षा संयन्त्रको दुरुपयोग गरिएको उनीहरूको आरोप छ ।

'प्रहरी संयन्त्रसहितलाई दुरुपयोग गरी अभियुक्तलाई जोगाउने काम माओवादीले गरेको छ,' एमाले सचिव शंकर पोखरेलले शनिबार कान्तिपुरसँग भने । विकलाई बुटवलबाट माओवादी नेता टोपबहादुर रायमाझीसँगै एकै गाडीमा राखेर ल्याएको एमालेको दाबी छ । 'राज्यको नेतृत्व गर्नेले आफ्ना अभियुक्त कार्यकर्तालाई संरक्षण दिएर राखेको छ,' पोखरेलले भने, 'यो प्रकरणमा प्रहरी संगठन पनि विभागीय मन्त्रीप्रति उत्तरदायी नभएको देखिन्छ ।

उनले यसबारे केन्द्रीय कमिटी बैठकमा गृहमन्त्रीसँग प्रश्न गरिने बताए ।

माओवादीले भने एमाले कार्यकर्ता थैवको हत्या ठेक्कापट्टा र कमिसनका कारण भएको प्रारम्भिक निष्कर्ष निकालेको छ । पार्टीले घटनालगत्तै अनुसन्धानका लागि सचिवालय सदस्य टोपबहादुर रायमाझी र देवेन्द्र पौडेललाई बुटवल पठाएको थियो । 'घटना रूपन्देहीमा ठेक्कापट्टा र कमिसनका कारण भएको प्रारम्भिक निष्कर्ष हामीले निकालेका छौं,' अनुसन्धानमा करिब दुई साता खटेका नेता पौडेलले कान्तिपुरसँग भने, 'पार्टीले त्यसको विस्तृत छानबिन गर्दैछ ।' चैत १३ गते बुटवलमा थैवको हत्या भएको थियो ।

माओवादीले फागुन अन्तिम साता केन्द्रीय सचिवालय सदस्य वर्षमान पुनको संयोजकत्वमा केन्द्रीय सदस्य एकराज भण्डारी र क्षेत्रीय नेता लीलाधर मरासिनी रहेको छानबिन समिति बनाएको थियो । समितिले हालसम्म औपचारिक रूपमा काम थालेको छैन । 'औपचारिक रूपमा अब काम सुरु गर्छौं,' समितिका सदस्य भण्डारीले भने ।

माओवादीले स्थानीय तहमा पनि हबिबुल्लाह खाँको संयोजकत्वमा मिलन कठायत र वसन्त श्रेष्ठ रहेको छानबिन समिति बनाएको थियो । समितिले घटना ठेक्कापट्टा र कमिसनका कारण भएको प्रारम्भिक प्रतिवेदन दिएको नेता पौडेलले बताए ।

उता प्रवक्ता शर्माले भने अभियुक्त विकलाई पार्टीले कारबाही गरिसकेकाले सम्पर्कमा नभएको जनाए । उनले गृहमन्त्री वामदेव गौतम र उच्च प्रहरी अधिकारीलाई समयमै सूचना दिए पनि अभियुक्तलाई पक्राउ नगरेको बताए । 'हामीले पक्राउका लागि आवश्यक सूचना दिएका थियौं,' शर्माले भने, 'गृह प्रशासनकै कमजोरीका कारण उनी -विक) भागेका हुन् ।' विक रूपन्देही वाईसीएलका अध्यक्ष थिए ।

गृह प्रवक्ता नवीन घिमिरेले अभियुक्तको खोजीका लागि प्रहरी प्रशासनलाई कडाइका साथ निर्देशन दिएको बताए ।

को हुन् उनी ?

वाईसीएल रूपन्देही अध्यक्ष विक बुटवल-११ तीनकुने चोकमा कोठा लिएर एक वर्षदेखि बस्दै आएका थिए । एमाले कार्यकर्ता प्रचण्ड थैवलाई गोली हानी हत्या गरेको अभियोग लागेका विक घटनापछि काठमाडौंबाट फरार भएका हुन् ।

उनको स्थायी घर तनहुँ रायपुर-३ हो । उनलाई राजधानीमा माओवादीले संरक्षणमा राखेको एमाले नेताहरूले दाबी गर्दै आएका छन् ।

बुटवलमा भएका विभिन्न आतंकका घटना र ०६२ सालमा पण्डित नारायण पोखरेलको हत्यामा समेत उनको संलग्नता रहेको आशंका गरिएको छ । थैवको हत्या भएको बिहान उनी बुटवलस्थित डेरामै रहेको प्रत्यक्षदर्शीले बताएका छन् । उनी धेरैजसो सैनामैना शिविर रानीबगियाभित्रै बस्ने गर्थे ।

 

 

दुर्घटनामा मृत्यु

 

 
विराटनगर, मोरङको राजघाटमा शनिबार भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ । राजघाट-२ मा पर्ने इटहरा रोडमा को२प ४०११ नम्बर मोटरसाइकलमा गइरहेका सुनसरीको भादगाउँ सिनवारी-५ का २४ वषर्ीय राजन कटुवालको मृत्यु भएको प्रहरीले जनाएको छ । अनियन्त्रित भई दुर्घटना भएपछि सिकिस्त भएका उनको मंगलबारेस्थित प्राथमिक स्वास्थ्यकेन्द्रमा उपचारक्रममा मृत्यु भएको थियो ।


 

Make a Free Website with Yola.